Blog
वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाईनान्सीयल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक
१० फाल्गुन २०७५, शुक्रबार
News24nepal, नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डट कमको मोबाईल एप्स सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित “फाइनान्सीयल टेक्नोलोजी” विषयक कर्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामडी सिवाकोटीबाट फाइनान्सीयल नोटिसेस मोबाईल एप्स सार्वजनिक गरिएको हो ।
एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सम्पूर्ण सूचनाहरु, नयाँ योजना तथा जानकारी र वित्तीय संस्थासंग सम्बन्धीत विभिन्न वेव पोर्टलमा प्रकाशित ताजा आर्थिक समाचारहरु सजिलै हेर्न सकिने व्यवस्था गरिएको छ ।बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न पत्र पत्रिकामा प्रकाशित गर्ने सूचना तथा जानकारीहरुलाई डिजिटल माध्यमबाट ग्राहकहरु समक्ष प्रवाह गरी वित्तीय साक्षरता, वित्तीय पहुँच बढाउँदै सामाजिक उत्तरदायीत्व निर्वाह गर्न, सूचनाको हक सम्बन्धी अधिकार सुनिश्चत गरी ग्राहमुखी सेवा प्रदान गर्न यस एप्सले सहयोग पु¥याउने अनलाइनका संचालक प्रकास अर्यालले बताए ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने रोजगारी सम्बन्धी सूचना, बोलपत्र आह्वान, सेयर सम्बन्धी सूचना, ब्याजदर परिवर्तनको सूचना, वित्तीय विवरण, कर्जा भुक्तानी, मिटिङ, महत्वपूर्ण जानकारीहरु तथा ताजा सूचनाहरु छुट्टा छुट्टै रुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।ग्राहकहरुलाई आवश्यक पर्ने र हेर्न चाहेको बैंक तथा वित्तीय संस्थाहरुको मात्र सूचना मोबाईलमा नोटिफिकेसन आउने सुविधा रहेको छ । एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुका प्रधान कार्यलय, शाखा कार्यलय, एटिएम रहेको ठाउँको जानकारी, शाखा रहित बैंकिङ एजेन्ट तथा बिमकहरुको बारेमा सजिलै जानकारी पाउनुका साथै विदेशी विनिमय दर हेर्न, मेरो शेयर लगिन र इ.एम.आई.क्याल्कुलेटरको सुविधा प्रयोग गर्न सकिन्छ ।
ग्राहक वा प्रयोगकर्ताले आफूले चाहेको बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सूचना, नयाँ योजना तथा जानकारीबारे थाहा पाउन विभिन्न पत्रपत्रिका, ईपेपर, सम्बन्धीत वित्तीय संस्थाको वेवसाईट भिजिट गर्नुपर्ने, पत्र–पत्रिका फाईलिङ गरेर राख्नुपर्ने, सूचना पार्टीमा सूचना टाँसेर खाख्नुपर्ने झन्झटबाट मुक्त हुने र व्यस्त समयको बचत हुने कम्पनीको दावी छ । पत्र–पत्रिकानै नपुग्ने विकट ठाउँहरुमा यो प्रभावकारी आर्थिक सूचनाको श्रोत बन्ने र विभिन्न अवसरहरुबाट समयमै लाभ लिनको लागि फाईनान्सियल नोटिसेस सहयोगी हुने संचालक अर्यालले बताए ।
कार्यक्रममा आफ्नो धारणा राख्ने क्रमममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकले फाइनान्सियल टेक्नोलोजीलाई पनि प्राथमिकतामा राखेको बताए । आर्थिक कारोबारलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले रियल टाइम पेमेन्ट सेटलमेन्ट सिस्टम तथा नेशनल पेमेन्ट स्वीचको पनि विकास गरिरहेको उनले बताए । त्यस्तै राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालमा वित्तीय पहुँचको अवस्था अत्यन्तै कमजोर रहेको बताए । वित्तीय पहुँच विस्तारको लागि फाइनान्सीयल टेक्नोलोजीको भुमिका महत्वपुर्ण हुने उनले बताए । नेपालमा फाइनान्सीयल सिस्टम विकासको क्रममा रहेकोले वित्तीय पहुँच विस्तार हुन नसकेको भन्दै उनले वित्तीय क्षेत्र स्थायीत्वको दायीत्व राष्ट्र बैंकको हो, तर वित्तीय पहुँचको विस्तार र समावेशी बनाउने दायीत्व भने सरकारको रहेको उनले बताए ।
यस्तै प्रभु पे की उपाध्यक्ष कुसुम लामाले प्रविधिको विकास गरेर मात्र त्यसको पहुँच विस्तारमा ध्यान दिनुपर्ने औंल्याइन् । बीमा प्रविधिविज्ञ खुशल रेग्मीले पछिल्लो समय बीमामा प्रविधिको प्रयोग बढ्दा ग्राहकलाई पोलिसी छनोट गर्न सहज भएको बताए । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरुको उल्लेख्य सहभागिता जनाएका थिए ।

Defying Limits: How Hari Budha Magar Conquered Mountains and Inspired the World
Hari Budha Magar's inspiring journey is a testament to the human spirit's indomitable strength and the power of a positive mindset. Despite losing both his legs in an explosion, Hari became the first double above-knee amputee to summit a mountain over 6,000 meters. His achievements as a mountaineer and adventurer have shattered barriers and set numerous records. Hari's journey from a devastating injury to becoming a role model for individuals with disabilities showcases the importance of determination, resilience, and embracing one's uniqueness.